१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बर्दियाका ३८ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

बर्दिया — बर्दियामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार मधुवन नगरपालिका—८ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बर्दियाका ३८ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

चैत २३ गते उनी कोरोना संक्रमित भई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले उपचारको क्रममा बिहीबार राति ८ बजे उनको मृत्यु भएको हो । जिल्लामा १५ जना कोरोना संक्रमित पालिका र होम क्वारेन्टाइनमा बसेका छन् ।


प्रकाशित : चैत्र २७, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?