कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्यूठानमा आगलागीमा दाजुबहिनीको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — आगलागीमा दाजुबहिनाको मृत्यु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित दाङवाङका ७ वर्षीय बालक हिमाल र ३ वर्षीया बालिका चन्द्रकला रानाको मृत्यु भएको हो ।

बुधबार बिहान रमेश रानाको गोठमा आगलागी हुँदा रमेश रानाका छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अभिभावक घरमा नभएको बेला आगलागी भएको स्थानीय किशोर रानाले बताए ।

आगलागीको कारण र घटनाबारे प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए । शव पोस्टमार्टमका लागि प्यूठान अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?