कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

रासस

प्यूठान — प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई  बालबालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उाका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीया छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीले बताए । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

प्रकाशित : चैत्र २५, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?