२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रोल्पामा भीरबाट खसेर वडाध्यक्षको मृत्यु

काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु भएको हो । 

रोल्पामा भीरबाट खसेर वडाध्यक्षको मृत्यु

छिमेकी गाउँ खुङमा भएको जग्गा विवादको छलफलमा भाग लिई फर्कनेक्रममा अध्यक्ष खसेको बाटो निकै साँघुरो भएको प्रहरीले जनाएको छ । ६५ वर्षका अध्यक्ष रोका बाटोबाट खस्‍नेबित्तिकै कुलोको पानीमा डुब्न पुगेका थिए । उनलाई गम्भीर घाइतेको अवस्थामा उद्धार गरिए पनि पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले मृतक रोकाको पोस्टमार्टम गरिएको बताए । माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित उनी साविकको हार्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए ।

उनको मृत्युप्रति शोक वक्तव्य व्यक्त गर्दै माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र घर्तीमगरले एक कुशल नेतृत्व गुमाएको बताएका छन् ।

प्रकाशित : चैत्र २४, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?