२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ ।

आइतबार गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको थियो । गत बुधबारदेखि गैंडा गणनामा खटिएका थारुको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रमुख संरक्षण अधिकृत विष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र २२, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?