भीम अस्पताललाई अत्याधुनिक आकस्मिक कक्ष हस्तान्तरण

भैरहवा — भीम अस्पताल परिसरमा निर्मित अत्याधुनिक सुविधासहितको ‘लीलाराम–कुन्तीदेवी आकस्मिक कक्ष’ आइतबार अस्पताललाई हस्तान्तरण गरिएको छ । 

भीम अस्पताललाई अत्याधुनिक आकस्मिक कक्ष हस्तान्तरण

स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको ‘लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठान’ ले उक्त भवन निर्माण गरेको हो । भैरहवाका प्रसिद्ध समाजसेवी स्व. लीलाराम न्यौपानेको ९२ औं जन्मजयन्तीका अवसरमा उक्त कक्ष अस्पताललाई हस्तान्तरण गरिएको प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले बताए । ३ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त कक्ष २५ शय्याको छ ।

कक्षमा ३ वटा आईसीयू र २ वटा शय्यामा भेन्टिलेटर सेवा उपलब्ध छ । प्रत्येक शय्यामा अक्सिजन सुविधाका लागि मेडिकल ग्यास पाइप बिछ्याइएको छ । प्रतिष्ठानका अध्यक्ष शोभाकर न्यौपानेले भवनको साँचो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका सभापति एकराज विकलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : चैत्र २२, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?