गुल्मीमा आगलागीमा परेर बालिकाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा आगलागीमा परेर बालिकाको मृत्यु

माधव अर्याल

पाल्पा — गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला धाराखोलामा आगलागीमा परेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ९ वर्षीया संगीता परियारको घर नजिकैको धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा जलेर मृत्यु भएको हो ।

घर नजिकैको खोलामा नहाएर घर फर्किने क्रममा आगोलागीमा परेर जलेर मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

प्रकाशित : चैत्र २०, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा थपिए १ सय ७९ संक्रमित, १ सय ११ संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ ।

२४ घन्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए । मृतकको संख्या भने २ हजार ३१ रहेको छ ।

प्रकाशित : चैत्र २०, २०७७ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×