भारतबाट फर्केका दुई जनामा कोरोना

बर्दिया — बाँकेको जमुनाह नाका हुँदै घर फर्किएका बर्दिया र रोल्पाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । शनिबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । 

भारतबाट फर्केका दुई जनामा कोरोना

स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले भारतको गुजरातमा काम गर्दै आएका बढैयाताल गाउँपालिका–१ डाँफेका ४१ वर्षीय पुरुष र महाराष्ट्रबाट फर्किएका रोल्पाका ४८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । दुवैको जमुनाह नाकामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई आ–आफ्नै घरमा आइसोलेसनमा राखिने सूचना अधिकारी श्रेष्ठले बताए । दुवैलाई शनिबार नै एम्बुलेन्समार्फत घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?