कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुरजपुर नाकामा हेल्थ डेक्स स्थापना

कमल पन्थी

बर्दिया — भारतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि बर्दियाका सीमा नाकामा सर्तकता अपनाउन थालिएको छ । सबै भन्दा बढी आउजाउ हुने गुलरिया-८ सुरजपुरमा सशस्त्र प्रहरीको सक्रियतामा शनिबार हेल्थ डेक्सको स्थापना गरिएको छ । 

सुरजपुर नाकामा हेल्थ डेक्स स्थापना

हेल्थ डेक्समा नियमित एक जना स्वास्थ्यकर्मीसहित सशस्त्र प्रहरी बल तैनाथ हुनेछन् । हालै निर्माण गरिएको नयाँ पक्की पोष्टबाट नियमित रुपमा भारतबाट आएका यात्रुलाई स्वास्थ्य जाँच गरिने सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।

करिब ८३ किमी लामो सीमानामा घना जंगल र खेतको बाटोबाट मानिसहरु आउजाउ गर्ने गरेका छन् । भारतका विभिन्न ठाउँबाट बर्दियाको जमुनी, गणेशपुर, चित्लहवा, रजनवा, राजापुर, कोठियाघाट लगायतबाट मानिसहरु आउजाउ गर्ने गरेका छन् ।

कोरोनाका कारण बर्दियामा एक वर्षमा १९ जनाको ज्यान गइसकेको छ । जिल्लामा हालसम्म कोरोनाबाट १ हजार ५ सयभन्दा बढी संक्रमित भइसकेका छन् । जिल्लामा हाल ५ जना सक्रिय संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा बसेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?