२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्युठानमा बस्तीतिर फैलँदै डढेलो

प्युठान — मल्लरानी गाउँपालिका–४ र प्यूठान नगरपालिका–१ को सीमाक्षेत्रमा पर्ने बुढाचौर सामुदायिक वन क्षेत्रमा मंगलबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । डढेलोले बुढाचौर सामुदायिक वन क्षेत्रको सयौं हेक्टरमा क्षति पुर्‍याएको छ । 

प्युठानमा बस्तीतिर फैलँदै डढेलो

सामुदायिक वन उपभोक्ता समूह, जिल्ला वन डिभिजन कार्यालयका कर्मचारी र सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिन गरेको प्रयास असफल भएको सहायक वन अधिकृत दीपक केसीले बताए । चार वर्षदेखि झाँगिएको सल्लेरी वनमा आगलागी भएकाले नियन्त्रण गर्न नसकिएको उनले जानकारी दिए । केसीका अनुसार अप्ठ्यारो भूभाग रहेकाले बुधबार रातको समयमा निभाउन नसकेपछि टोली बिहीबार पुन: जाने तयारी छ । आगो खैराकोट, ढाड, बासखोलालगायत बस्तीनजिक पुग्न लागेको भन्दै स्थानीय त्रस्त छन् ।

आगो बस्ती क्षेत्रमा पस्न नदिन सुरक्षा टोली खटाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । बस्ती क्षेत्र जोगाउन प्युठान नगरपालिकाले दम्कल तयारी अवस्थामा राखेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

प्रकाशित : चैत्र ५, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?