प्रधानमन्त्रीलाई बादी युवाको १५ बुँदे मागपत्र

रुपा गहतराज

नेपालगन्ज — १२ जिल्लाबाट नेपालगन्जमा जम्मा भएका बादी समुदायले प्रधानमन्त्रीलाई १५ बुँदे मागपत्र पठाएका छन् ।

प्रधानमन्त्रीलाई बादी युवाको १५ बुँदे मागपत्र

राष्ट्रिय बादी सञ्जालको अगुवाइमा सोमबार नेपालगन्ज बजारबाट र्‍यालीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएका हुन् ।

मागपत्रमा बादी समुदायका बालबालिकालाई उच्च शिक्षासम्मको अध्ययन निःशुल्क हुनुपर्ने, सरकारबाट प्राप्त सेवा सुविधाहरुमा बादी समुदायको लागि छुट्टै विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने, बादी समुदायका युवालाई रोजगारीमा लगाउनका लागि शैक्षिक तथा सीप परीक्षण प्रमाणपत्रको आधारमा ५ लाखदेखि १० लाखसम्म बिना ब्याजे ऋण उपलब्ध गराउनु पर्ने, भूमिहीन बादीलाई कानुन बमोजिम एकपटक भूमिसहित आवास उपलब्ध हुनुपर्ने, आमाको नामबाट नागरिकता प्रदान गर्ने सर्वोच्च अदालतको परमादेशलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखीएको छ ।

सञ्जालका अध्यक्ष केशव बादी (नेपाली) का अनुसार ४३ प्रतिशत भूमिहीन, ५७ प्रतिशतसँग ऐलानी तथा श्रेस्ता जमिन रहेको छ । ५७ प्रतिशत मध्येमा ४२ प्रतिशत निजी र ५८ प्रतिशत ऐलानी तथा सरकारी जमिन रहेको उनले बताए । २०६८ को जनगणना अनुसार नेपालमा बादी समुदायको जनसंख्या ३८ हजार ६ सय ३ रहेको छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?