बाँकेको बघौडामा आगलागी हुँदा २५ घर जले


नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बघौडामा सोमबार आगलागी हुँदा २५ घर जलेका छन् । सोमबार बिहान साढे ११ बजे आगलागी हुँदा लाखौं बराबरको क्षति भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।


गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले जलेका घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
