कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सम्मानपूर्ण जीवन बाँच्‍न नपाएको बादी युवाको गुनासो

कान्तिपुर संवाददाता

नेपालगन्ज — बादी समुदायका युवाहरूले आत्मसम्मानपूर्ण रुपमा सामाजिक जीवन बाँच्न नपाएको गुनासो गरेका छन् । नेपालगन्जमा सुरु भएको प्रथम राष्ट्रिय बादी युवा सम्मेलनमा सहभागी युवाहरुले राज्यले बादी समुदायलाई अपहेलना गरेको गुनासो गरेका हुन् ।

सम्मानपूर्ण जीवन बाँच्‍न नपाएको बादी युवाको गुनासो

आइतबारदेखि नेपालगन्जमा सुरु भएको प्रथम राष्ट्रिय बादी युवा सम्मेलनमा राष्ट्रिय युवा बादी सञ्जालका सुरेश नेपालीले मानव भएर पनि मानव भएको व्यवहार नपाएको गुनासो गरे ।

‘राज्यले नै बादी समुदायलाई मूलधारबाट किनारा लगाइरहेको छ,’ उनले भने, ‘बादी समुदायको सहभागिताको सुनिश्चितताका लागि कहिले आवाज उठाइँदैन ।’कमिट नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलन २५ गतेसम्म चल्नेछ ।

राष्ट्रिय बादी युवा सञ्जालकी संयोजक देवीसरा बादीले समुदायमाथि समाजले गरेको विभेद भनी साध्य नभएको बताइन् । ‘पलपल हामीले विभेद अनि तिरस्कार भोगेका छौँ,’ उनले भनिन्, ‘नेपाली नागरिक भएर नेपाली नागरिकता प्राप्त गर्न नांगिएर आन्दोलन गर्नुपर्ने बिडम्बनामा छौँ ।’

‘सामाजिक न्याय शैक्षिक तथा व्यवसायिक उत्प्रेरणा’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा बादीको अवस्था पहिचान गरी अधिकार स्थापितका लागि भावी रणनीति बनाउने छ ।

राष्ट्रिय युवा बादी सञ्जालका संयोजक केशव नेपालीले बादी समुदायका अधिकार स्थापित गर्न रणनीति बनाउन सम्मेलनको आयोजना गरिएको बताए । ‘युवाहरु को अनुभव भावनालाई बुभेर समुदायका हितका लागि अगाडि बढ्ने योजना बनाउछौँ,’ उनले भने, ‘यो सम्मेलन बादी युवाहरुलाई समुदायको नेतृत्व तहमा पुर्‍याउन सहायक हुने छ ।’

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले पहिलो पटक बादी युवाहरुको सम्मेलन गर्न पाउँदा खुसी लागेको बताए ।

प्रकाशित : फाल्गुन २४, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?