१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लाखौंका मूर्तिसहित गाडी बरामद

माधव ढुंगाना

भैरहवा — भन्सार छलेर नेपाल ल्याइएका लाखौं मूल्यका मूर्ति,कपडा,भाडाबर्तनका सामग्रीहरुसहितको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

लाखौंका मूर्तिसहित गाडी बरामद

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले मंगलबार अपरान्ह सिद्धार्थनगर नगरपालिका-३ बालापुरबाट गाडीसहित ती सामग्री बरामद गरेको हो ।

गणका डीएसपी शोभाकान्त खनालका अनुसार लु १ ज ३५४९ नम्बरको बलेरो पिकअप गाडीबाट २ सय ८८ थान मूर्ति, कपडा र स्टिलका भाडाबर्तन बरामद भएको हो । बरामद भएका ती सामानको मूल्य ९ लाखभन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीलाई देख्नासाथ सवारी चालक र स्टाफ भागेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।

एक महिनामा रुपन्देहीबाट सशस्त्रले भन्सार छलेर नेपाल भित्र्याइएका करिब ८७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार पठाइएको सशस्त्रका एसपी भरत खनियाले बताए ।

प्रकाशित : फाल्गुन १८, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?