मोटरसाइकलको ठक्करबाट छात्राको मृत्यु
दाङ — दाङमा मोटरसाइकलको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।
रा ४ प ४७६ नम्बरको मोटरसाइकलले सोमबार बेलुका घोराही उमहानगरपालिका–१७ नवलपुरमा ठक्कर दिँदा पैदल हिँडिरहेकी सिस्नेखोलाकी १५ वर्षीया अमृता आचार्यको मृत्यु भएको हो ।
घोराहीस्थित हिन्दु विद्यापीठमा आठ कक्षा अध्ययनरत आचार्य विद्यालयबाट घर फर्कने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित : फाल्गुन १७, २०७७ २१:३१प्रतिक्रिया