२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मोटरसाइकलको ठक्करबाट छात्राको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा मोटरसाइकलको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।

रा ४ प ४७६ नम्बरको मोटरसाइकलले सोमबार बेलुका घोराही उमहानगरपालिका–१७ नवलपुरमा ठक्कर दिँदा पैदल हिँडिरहेकी सिस्नेखोलाकी १५ वर्षीया अमृता आचार्यको मृत्यु भएको हो ।

घोराहीस्थित हिन्दु विद्यापीठमा आठ कक्षा अध्ययनरत आचार्य विद्यालयबाट घर फर्कने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?