१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आश्रमको गोठमा आगलागी हुँदा बालकको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — स्वर्गद्वारी आश्रमको गाईगोठमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

आइतबार राति भएको आगलागीमा परेर स्वर्गद्वारी नगरपालिका– २ खालका १५ वर्षीय हेमन्त विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको शव आगो निभाउने क्रममा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमको लागि सोमबार जिल्ला अस्पताल जिबुवार ल्याइएको छ । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

आगलागीले आश्रमको गोठमा ५० लाख बढीको नोक्सानी भएको आश्रमका प्रशासकीय प्रमुख हरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार आश्रमको मुख्य गोठमा आगलागी भएको हो । गाईलाई खुवाउन घुर्रो गोठमा रहेकाले धेरै क्षति भएको आश्रमले जनाएको छ । गोठबाट गाई फुकाएकाले पशुचौपायाको नोक्सानी नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?