कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीमाबाट दुई महिलाको उद्धार

कमल पन्थी

बर्दिया — सशस्त्र सीमा सुरक्षा बल बीओपी धनौरा तारातालले भारत लैजान लागिएका दुई महिलालाई सोमबार बिहान उद्धार गरेको छ । 

मधुवन नगरपालिका—७ स्थित नेपाल–भारत सिमानाको सीमा स्तम्भ नम्बर ७२ बाट दुई महिलालाई उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए ।

उद्धार गरिनेमा झापा दमक—१ की ३७ वर्षीया र मोरङ सुनवेस नगरपालिका—३ की ३३ वर्षीया महिला रहेका छन् ।

उनीहरुलाई खाडी मुलुकमा रोजगारी दिने प्रलोभनमा दिल्ली लैजान लागेका गुलरिया—३ का कन्हैयालाल यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि संस्थामार्फत प्रहरीलाई बुझाइएको उनले जनाए । उनीमाथि मानव बेचबिखन गर्ने उद्देश्यले महिलाद्वयलाई पठाउन लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका महिलासँग राहदानी नभएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?