३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एम्बुलेन्सको ठक्करले घाइते बाघ खोज्न हात्ती परिचालन

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करले घाइते भएको बाघ खोजी गर्न हात्ती परिचालन गरिएको छ । बूढीखोलामा शनिबार बाघलाई नेपालगन्जबाट आउँदै गरेको से१च २४२१ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । 

एम्बुलेन्स चालकले नै बाघ घाइते भएको जानकारी निकुञ्जलाई दिएका थिए । एम्बुलेन्स र चालक निकुञ्जको नियन्त्रणमा रहेको प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।

‘घाइते बाघको खोजी आइतबार पनि भएको थियो,’ उनले भने, ‘सोमबार बिहानदेखि हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको छ ।’


प्रकाशित : फाल्गुन १७, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?