प्यूठानमा एक सुत्केरीको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — झिमरुक गाउँपालिका–७ की एक सुत्केरीको आइतबार बिहान मृत्यु भएको छ । प्यूठान अस्पतालमा गत बिहीबार शल्यक्रिया गराएर सुत्केरी गराइएकी २४ वर्षीया अनिसा एमसीको आइतबार बिहान मृत्यु भएको हो ।

एमसीको स्वास्थ्यमा समस्या आएपछि पुन:शनिबार शल्यक्रिया गराएको थियो । समस्या बढ्दै गएपछि शनिबार राति नै उनलाई बुटवल रिफर गरिएको अस्पतालले जनाएको छ ।

सुत्केरीको थप उपचारका लागि लगिँदै गर्दा बाटैमा मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिमप्रसाद पार्धेले जानकारी दिए । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पताले जनाएको छ ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच यस विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुसालले जानकारी गराए ।

प्रकाशित : फाल्गुन १६, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?