कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्घटनामा अटो चालकको मृत्यु

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा जिप र अटोरिक्सा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ । अटोमा सवार पाँच जना घाइते भएका छन् ।

तुलसीपुरबाट शान्तिनगरतर्फ जाँदै गरेको रा१ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ५०८ नम्बरको जिप सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका ८ दुधेनामा ठोक्किएका हुन् । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–१ पेदीखोलाका ३० वर्षीय रमेश विक छन् ।

गम्भीर घाइते विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गम्भीर घाइते भएका तीन यात्रुको कोहलपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्य दुई घाइतेको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुुसन्धान भइरहेको डीएसपी शिवबहादुर सिंहले बताए ।


प्रकाशित : फाल्गुन ११, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?