भागरथीको हत्यारालाई कारबाही माग गर्दै बुटवलमा प्रदर्शन

सन्जु पौडेल

बुटवल — बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै अनेरास्ववियू छैटौँले बुधबार बुटवलमा प्रदर्शन गरेको छ ।

भागरथीको हत्यारालाई कारबाही माग गर्दै बुटवलमा प्रदर्शन

प्रदर्शन बुटवलको कालिका मानवज्ञान विद्यालयबाट सुरु भई मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै अखिल छैटौँ रुपन्देहीका अध्यक्ष सरोजमान सिंहले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

‘बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउँदा घटना अपराधीको मनोबल बढेको छ,’ उनले भने, ‘यसले सरकारको उदासीनता प्रस्ट झल्किन्छ ।’

प्रकाशित : माघ २८, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?