बाँकेमा प्रहरीले चोरीका ११ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा मोटरसाइकल चोरीमा संलग्न उनीहरुलाई बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
लुम्बिनी प्रदेशमा निर्माणाधीन र पूरा भएका योजनाको शिलान्यास र उद्घाटनको होड चलेको छ । प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरू यस्ता कार्यक्रममा सहभागी भएका छन् । तर प्रदेशका विभिन्न जिल्लामा वर्षौंअघि सुरु भएका धेरै योजना अझै अलपत्र छन् ।
पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभा भाँडिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । निकुञ्जद्धारा सञ्चालित ‘अपरेशन महाहन्ट खैरीकोट’ सातौंमा खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् । आर्थिक अवस्था कमजोर भएपछि उच्च शिक्षा हासिल गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाका लागि आवश्यक आर्थिक सहयोग गरेका हुन् ।
रूपन्देहीको तिलोत्तमा–१ आरतीचोकका सुनिल पाण्डेले स्नातकसम्म अध्ययन गरे । व्यवस्थापन विषय पढे पनि त्यसअनुसार काम मिलेन । त्यसपछि रोजगारका लागि २०७३ सालमा जापान पुगे । त्यहाँ मासिक साढे २ लाख रुपैयाँ कमाइ थियो । लामो समय त्यहाँ बसेनन् । मुलुक फर्किएर बाख्रापालन सुरु गरे ।
प्युठानमा जिप सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान १० बजे प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको हो ।
घरको एउटा कोठामा सानी बालिका टोलाइरहेकी थिइन् । छेवैमा साथी र दिदी पनि थिए । आँखाभरि आँसु लिएकी उनी बेलाबेलामा रुने र डराउने गर्थिन् । ११ वर्षीया ती बालिका बुटवल उपमहानगरपालिका–११ की हुन्, जो आफ्नै बुबाबाट जबर्जस्ती करणीको सिकार भएकी छन् ।