छात्रालाई साइकल उपहार

कपिलवस्तु — हिँडेर जानुपर्दा उनी विद्यालय सधैं ढिला पुग्थिन् । कपिलवस्तु नगरपालिका–२ लमतियाकी ११ कक्षाकी छात्रा विद्यावती यादवलाई अब त्यो समस्या हुने छैन । वडा कार्यालयले साइकल दिएपछि  उनले विद्यालय छिटै पुग्न पाउने भएकी हुन् ।

सामुदायिक विद्यालयमा ११ र १२ पढिरहेका विपन्न, जेहेन्दार र मुस्लिम छात्रालाई कपिलवस्तु नगरपालिका–२ ले शुक्रबार साइकल वितरण गरेको हो । वडा २ का विभिन्न गाउँका २५ छात्रालाई साइकल वितरण गरिएको छ । साइकलले आउजाउ सजिलो हुने रमतलहाकी छात्रा दीपा कुर्मीले बताइन् । तौलिहवास्थित बुद्धपद्म उमाविमा पढ्ने उनी घरधन्दा सकेर हिँडेर पढ्न जाँदा अबेला हुन्थ्यो । ‘अब साइकल चढेर समयमै पुग्छु,’ उनले भनिन् ।

अशिक्षाका कारण समाज पछाडि परिरहेकाले छात्रालाई पढ्न हौस्याउन साइकल वितरण गरिएको कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष रामभजन कलवारले बताए ।

प्रकाशित : माघ ११, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?