कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मृगलाई हानेको बन्दुकको छर्रा लागेर १३ वर्षीय बालकको मृत्यु 

माधव अर्याल

पाल्पा — मृगलाई हानेको बन्दुकको छर्रा लागेर बिहीबार राति १३ वर्षीय बालकको मृत्यु भएको छ । रिब्दीकोट गाउापालिका–८, दानसिङडााडामा मृगको सिकार गर्ने क्रममा भरुवा बन्दुकको छर्राले लाग्दा १३ वर्षीय बालक लक्ष्मण छहरीको मृत्यु भएको हो ।

बिहीबार रातिको समयमा मृगको सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा गएका बेला भरुवा बन्दुकको छर्राले लागेर छहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

सँगै सिकार खेल्न गएका रैनादेवीछहरा गाउँपालिका–४, छहरा भर्माटुङका ज्ञानबहादुर गाहा, सोही स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडाका देवबहादुर गाहालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथमा पड्किएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएर थप अनसुन्धान भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : माघ ९, २०७७ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?