घोराहीमा यात्रुबाहक बस दुर्घटना, ७ घाइते

दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका ७ सर्रामा बिहीबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १४६५ नम्बरको बस तीव्र गतीका कारण पल्टिँदा यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : माघ ८, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?