कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुकुम पूर्वमा अटो दुर्घटना : चालकको मृत्यु 

हरि गौतम

रुकुम पूर्व — रुकुम पूर्वमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भूमे गाउँपालिका–१, लुकुम नजिकै भएको दुर्घटनामा भुमे–१, लुकुमका १७ वर्षीय चालक आशिष विकको मृत्यु भएको हो ।

रुकुम पूर्वमा अटो दुर्घटना : चालकको मृत्यु 

बुधबार लुकुमबाट २ नम्बर वडाको खावाङ बजारतर्फ आउँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटानमा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भूमे–१, लुकुमकै १४ वर्षीया अञ्जली विक र १५ वर्षीया एलिना विक रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश श्रेष्ठले जानकारी जानकारी दिए । घाइतेलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : माघ ८, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?