कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चिसो बढेपछि पश्चिम नवलपरासीका निजी स्कुल बन्द

नवीन पौडेल

परासी — चिसो अत्यधिक बढेको भन्दै पश्चिम नवलपरासीका निजी तथा आवासीय विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् ।

चिसो बढेपछि पश्चिम नवलपरासीका निजी स्कुल बन्द

दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुलमा समस्या पर्ने र बालबालिकालाई विद्यालय आउनजान असहज हुने भएकाले आइतबारदेखि मंगलबारसम्म पठनपाठन बन्द गरिएको प्याब्सनका जिल्ला अध्यक्ष इन्द्र गुरुङले बताए ।

जिल्लामा ९६ वटा निजी विद्यालय छन् । बाक्लो हुस्सुले विद्यालय बस चलाउनसमेत जोखिम भएपछि केही दिनका लागि जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ ।

मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाट टाढा गएका छैनन् । जिल्लामा सोमबार बिहान १२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ ।

प्रकाशित : माघ ५, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?