३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १२ घाइते

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीबाट जन्ती बोकेर स्याङ्जातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि बिहेका लागि जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले बताए ।

घाइतेको उपचारको लागि स्याङजाको मिर्मीतर्फ लगिएको छ । ओरालो झर्दा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान रहेको छ ।


प्रकाशित : माघ १, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?