१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राप्ती नदीमा युवक बेपत्ता

दुर्गालाल केसी

दाङ — राप्ती नदीमा बगेर बिहीबार दाङ राजपुरका एक युवक बेपत्ता भएका छन् । 

राजपुर गाउँपालिका २ का २७ वर्षीय प्रदीप चौधरी राप्ती नदीको बेलाघाटमा पौडी खेल्ने क्रममा दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । माघीको अवसरमा राप्ती किनारमा वनभोज खाएर पौडी खेल्ने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ ।


प्रकाशित : माघ १, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?