राप्ती नदीमा युवक बेपत्ता- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती नदीमा युवक बेपत्ता

दुर्गालाल केसी

दाङ — राप्ती नदीमा बगेर बिहीबार दाङ राजपुरका एक युवक बेपत्ता भएका छन् । 

राजपुर गाउँपालिका २ का २७ वर्षीय प्रदीप चौधरी राप्ती नदीको बेलाघाटमा पौडी खेल्ने क्रममा दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । माघीको अवसरमा राप्ती किनारमा वनभोज खाएर पौडी खेल्ने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ ।


प्रकाशित : माघ १, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ ।

प्रकाशित : माघ १, २०७७ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×