कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

आमाको हत्या

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर  हत्या गरेका छन् ।

बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

विमललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बुधबार दिउँसो मासु लिन जान्छु’ भनी घरबाट हिँडेका विमलले साँझ मासु नल्याई मदिरा सेवन गरेर आएपछि आमासँग झगडा गरेपछि टाउकोमा हानेर हत्या गरेको प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।

प्रकाशित : माघ १, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?