आमाको हत्या
अर्घाखाँची — सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् ।
बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
विमललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बुधबार दिउँसो मासु लिन जान्छु’ भनी घरबाट हिँडेका विमलले साँझ मासु नल्याई मदिरा सेवन गरेर आएपछि आमासँग झगडा गरेपछि टाउकोमा हानेर हत्या गरेको प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।
प्रकाशित : माघ १, २०७७ ०८:१६प्रतिक्रिया