२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जन्मकैद सजाय पाएका फरार दुई पक्राउ 

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके जिल्ला अदालतले हत्या मुद्दामा जन्मकैद सजाय सुनाइएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ५ का विवाद पाठक र हरि वली रहेका छन् । उनीहरुले पाँच वर्षअघि नेपालगन्जको धम्बोझी चोक नजिकै सुर्खेत रोडमा चेतन मानन्धरको हत्या गरेका थिए ।   

जन्मकैद सजाय पाएका फरार दुई पक्राउ 

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले उनीहरु नेपालगन्जमै लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरिएको बताए । घटनामा संलग्न दुई जना अझै फरार छन् । घटनामा संलग्न ९ जना कारागारमा छन् ।

०७२ असार २८ गते नेपालगन्जको मुख्य सडकमै २९ वर्षीय मानन्धरलाई गुण्डा नाईके रिगल ढकालको समूहले खुडा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले लगाएको थियो ।


प्रकाशित : पुस २८, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?