कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बुटवलको राजमार्ग चौराहा–चिडियाखोला सडकका घर–टहरा भत्काउन सुरु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक क्षेत्र मिचेर बनाइएका घर–टहरासहितका संरचना भत्काउन थालिएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले २४ घण्टे समयसीमा दिएर आइतबारदेखि घरटहरा भत्काउन थालेको हो ।

बुटवलको राजमार्ग चौराहा–चिडियाखोला सडकका घर–टहरा भत्काउन सुरु

आयोजनाले शुक्रबार घरधनीलाई अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । सर्वोच्च अदालतले सडक विस्तार गर्न बाटो खोलिदिएसँगै काम अघि बढाइएको हो । घरधनीहरूका तर्फबाट परेको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले पुस २० गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने निर्णय गरेको थियो । राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको साढे ३ किलोमिटर सडक घरधनीको अवरोधकै कारण विस्तार हुन सकेको थिएन ।

सडक अतिक्रमण गरी बनाइएका संरचना तथा घरटहरा खाली गर्न घरधनीलाई लिखित, माइकिङ तथा विद्युतीय माध्यमबाट सूचना दिइएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । उनका अनुसार यसरी सडक अतिक्रमण गरी बनाइएका संरचना नहटाए कार्यालय आफैले हटाएर घरधनीसँग खर्च असुल उपर गरिनेछ ।

आयोजनाले सडकको मध्य भागबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र बनेका संरचना खाली गराउन लागेको हो । उक्त सडक खण्डमा ३ सय १० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै सडकको भाग खाली गरिसकेका छन् । बाँकी जग्गा तथा घरधनीचाहिँ अदालत गएका थिए ।

प्रकाशित : पुस २६, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?