कान्तिपुरकर्मी पौडेल सम्मानित- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी पौडेल सम्मानित

कान्तिपुर संवाददाता

तिलोत्तमा — कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई शनिबार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो ।


आफ्नो पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा सञ्चारको माध्यमबाट योगदान पुर्‍याएको भन्दै पौडेललाई नगद राशीसहित दोसल्ला ओडाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् ।


प्रकाशित : पुस २५, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुरमा नेकपा ओली समूहद्वारा नयाँ अध्यक्ष घोषणा

सुवास विडारी

मकवानपुर — नेकपा ओली समूहले एकालाल श्रेष्ठलाई अध्यक्ष चयन भएको घोषणा गरेको छ । शनिबार हेटौंडामा भएको ओली पक्षधरहरुको जिल्लास्तरीय कार्यकर्ता भेलामा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले केन्द्रीय सर्कुलर र जिल्लाको बैठकअनुसार अध्यक्षमा श्रेष्ठलाई चयन गरेको घोषणा गरेका थिए ।

ओली समूहले भेलाबाटै तत्कालीन नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । सिग्देल र पुलामी दाहाल–नेपाल समूहका हुन् । उनीहरु दुवै प्रदेशसभा सदस्य छन् ।

दुवैले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । सिग्देल र पुलामी पार्टीविरुद्ध लागेको नेकपा ओली समूहको आरोप छ ।

कार्यकर्ता भेला कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए ।

प्रकाशित : पुस २५, २०७७ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×