३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भारत हुँदै कुर्दिस्तान पुर्‍याउन लागेको तीन महिला उद्धार

कमल पन्थी

बर्दिया — भारतको दिल्ली हुँदै कुर्दिस्तान लैजान लागेका तीन महिलालाई मंगलबार नेपाल भारत सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

उनीहरुलाई भारतको बिछिया नाका पुर्‍याउन लागेका मानव तस्कर भने फरार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।

काभ्रेकी तैमाल-९की २३ वर्षीया महिला, चितवन जगतपुरकी-६की ४३ वर्षीया र दोलखा साविक भुसाफेदा गाविसकी ३७ वर्षिया महिलाको सशस्त्रले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार मधुवन नगरपालिका-७ भगरैया टोल हुँदै उनीहरुलाई भारततर्फ लैजादे गरेको अवस्थामा उद्धार गरिएको हो । सीमामा तैनाथ सशस्त्र प्रहरी बललाई देख्‍नासाथ मानव तस्कर भारततर्फ भागेको उनले बताए ।

उद्धार गरिएका ती महिलालाई माइती नेपालको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित : पुस २१, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?