कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बाँकेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेका एकै दिन कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । दुई अस्पतालमा रातीदेखि बिहानसम्ममा कोरोनाबाट तीन जनाको मृत्यु भएको हो  ।

बाँकेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार मृत्यु हुनेमा बाँके, कञ्चनपुर र दाङ जिल्लाका रहेका छन् । भेरी अस्पतालमा एक र मेडिकल कलेज, कोहलपुरमा दुई जनाको मृत्यु भएको हो ।

कोहलपुर मेडिकल कलेजमा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरका ६० वर्षीय पुरुष र दाङका १३ वर्षीय बालकको मृत्यु भएको हो । महेन्द्रनगरका ६० वर्षीय पुरुषलाई पुस १७ गते अस्पताल ल्याइएको थियो । उनको बिहान ७ बजेर २० बजे मृत्यु भयो ।

दाङ घोराहीका १३ वर्षीय बालकलाई पुस १९ गते अस्पताल ल्याइएको थियो । उनको बिहान ७ बजेर ४५ बजे मृत्यु भएको छ । बाँकेमा बाहिरी जिल्लाका ७९ जनाको मृत्यु भइसकेको छ ।

भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको सोमबार राती १२ बजेर २५ बजे मृत्यु भएको हो । कोरोनाबाट बाँकेमा ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस २१, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?