जबरजस्ती करणी मुद्दामा प्रहरी जवानलाई कैद सजाय

नवीन पौडेल

नवलपरासी पश्‍चिम — जबरजस्ती करणीमा संलग्न दुई प्रहरीलाई जिल्ला अदालत पश्चिम नवलपरासीले दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको छ ।

जबरजस्ती करणी मुद्दामा प्रहरी जवानलाई कैद सजाय

लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेलधुराका २५ वर्षीय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दे कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलासले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय फैसला भएको अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । जिल्लाको सुनवलमा घाँसपात गर्न आएका स्थानीय १५ वर्षकी बालिका र १८ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गत वर्षको जेठमा मुद्दा दायर भएको थियो ।

प्रकाशित : पुस २१, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?