कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु 

माधव अर्याल

पाल्पा — जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली लप्सीको रुखमा आइतबार टिपर दुर्घटनामा ४० वर्षीय रामु कार्कीको मृत्यु भएको छ । नवलपरासीको सुनवलबाट रैनादेवी छहरा–१, सिद्देश्वर चुनढुंगा खानीतर्फ ढुंगा लिन जाँदा दुर्घटना भएको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । 

पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु 

लु २ ख २१७१ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकदेखि १ सय ५० मिटर तल खस्दा चालक रैनादेवी छहरा–५, मुझुङका कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै माथागढी गाउँपालिका–१, चिदीपापानीका ५१ वर्षीय गंगाबहादुर सार्कीको बाटोबाट लडेर मृत्यु भएको छ । सडकबाट ७ फिट तल खसेर घाइते भएका उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १९, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?