कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको  छ । भेरी अस्पतालमा ५ मिनेटको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा बाँके र बर्दियाका एक–एक जना छन् ।

भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेज लगिएका उनलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो । त्यहाँबाट उनलाई मंसि १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । यससँगै बाकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको छ । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।

प्रकाशित : पुस १५, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?