कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भेरी अस्पतालमा कोरोना बेड थपियो

रूपा गहतराज

नेपालगन्ज — बाँकेको भेरी अस्पताल नेपालगन्जमा ७० बेडको कोरोना वार्ड स्थापना गरिएको छ । जिल्ला समवन्य समिति र स्थानीय तहको एक करोड सहयोगमा भेरीमा कोरोना वार्ड बनाइएको हो ।

भेरी अस्पतालमा कोरोना बेड थपियो

भेरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रमोद धितालले जिल्ला समन्वयले ७५ लाख र अरु गाउँपालिकाको २५ लाख सहयोगमा ७० बेडको कारोना वार्ड तयार गरिएको बताए ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट प्रकाश थापाले ७० बेड रहेको वार्डमा ९० बेडसम्म पुर्‍याउन सकिने बताए । यस क्षेत्रको रिफरल अस्पतालको रुपमा भेरीमा कम्तीमा एक सय ४० वार्डको कोरोना वार्ड भएको छ । भेरीमा यसअघि नै ७२ बेडको कोरोना वार्ड बनाइएको थियो ।

प्रकाशित : पुस १०, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?