कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । बर्दिया गुलरिया नगरपालिका-८ लक्षमनपुरका ५८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहिबार दिउँसो २ बजेर ४० मिनेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिलालाई बुधबार कोरोना भाइरस पुष्टि भएको थियो । मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

बर्दियामा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस ९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?