बाँकेमा कोरोनाबाट थप एकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । बर्दिया गुलरिया नगरपालिका-८ लक्षमनपुरका ५८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहिबार दिउँसो २ बजेर ४० मिनेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिलालाई बुधबार कोरोना भाइरस पुष्टि भएको थियो । मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

बर्दियामा कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस ९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार : ज्ञवाली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।

प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको पनि प्रस्ट पारेका छन् । उनले भने, 'प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन । राष्ट्रपतिले पनि त्यस्तो पत्र दिनुभएको छैन । उहाँ फुलफ्लेज्ड प्रधानमन्त्री हो ।'

नेकपा दाहाल-नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषयमा प्रवक्ता ज्ञवालीले संसद् नै नभएको संसदीय दलको बैठकले दलको नेताबाट हटाएको नसुहाएको तर्क गरे । उनले आफ्‍नो पार्टीको अबको एकमात्र एजेन्डा संगठन विस्तार र चुनाव हुने बताए । उनले भने, 'अब निर्वाचन घोषणापत्र नै ल्याएर आउँछौं ।'

प्रकाशित : पुस ९, २०७७ १७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×