कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालय ओली समूहको नियन्त्रणमा

नवीन पौडेल

परासी — नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । केपी ओली समर्थक युवाहरुले मंगलबार दिउँसो परासीमा रहेको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेकपा पश्चिम नवलपरासीको पार्टी कार्यालय ओली समूहको नियन्त्रणमा

राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्यहरुले तालाबन्दी गरेर कब्जा गरेका हुन् ।

मदन भण्डारी फाउण्डेशन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले प्रधानमन्त्रीलाई काम गर्न नदिएर अस्थिरता ल्याएको र पार्टी कार्यालयको सुरक्षाका लागि तालाबन्दी गरेको पोखरेलले बताए । दुई पार्टी एकीकरण हुँदा पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको थियो । भविश्वर तिवारीको अध्यक्षतामा हाल १ सय ४५ जिल्ला कमिटी छ ।

प्रकाशित : पुस ७, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?