३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाल्पामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

माधव अर्याल

पाल्पा — संसद् विघटनको विरोधमा पाल्पामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।

पाल्पामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पाल्पामा कांग्रेस निकट भातृसंगठनहरुले सोमबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै कांग्रेस निकट तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतको आयोजनामा तानसेनको आन्दोलन चोकमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कमी हुने बताएका थिए । उनीहरुले प्रतिनिधिसभा विघटनकै कारण मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेलेको समेत आरोप लगाएका छन् ।

प्रकाशित : पुस ६, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?