२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा आई उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका–१०, निवासी ७२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

स्वास्थ्यमा समस्या आई मंसिर २५ गते कोरोना भाइरस संक्रमणको आशंकामा पीसीआर जाँच गराएका ती वृद्धको भोलिपल्ट आएको रिपोर्टमा कोरोना पोजिटिभ पाइएको थियो ।

कोरोना पोजिटिभ पाइएका ती वृद्धको थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याई उपचार गरिएको थियो । उपचारका क्रममा अक्सिजन थेरापी, अन्टिबायोटिससँगै रेमडिसिभरलगायत सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार राति ८:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन मानव नेपालीले बताए ।

प्रकाशित : पुस ४, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?