कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा कोरोनाबाट शिक्षा अधिकृतको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमण भएपछि उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत दानबहादुर विष्टको आइतबार मृत्यु भएको छ । 

बाँकेमा कोरोनाबाट शिक्षा अधिकृतको मृत्यु

नेपालगन्ज उपमहानगरपालिका ४ स्थायी घर भएका विष्टको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि मंसिर २४ गते कोरोना परीक्षण गराएका विष्टलाई २५ गते कोरोना भएको पुष्टि भएको थियो ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दागर्दै विष्टको निधन भएको भेरी अस्पतालले जनाएको छ । यसअघि पनि कोरोनाबाट नेपालगन्ज उपमहानगरपालिकाका जिन्सी सहायक र वडा नम्बर २ का सदस्यको मृत्यु भइसकेको छ ।

प्रकाशित : मंसिर २८, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?