कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चन्द्रौटामा महिलाको हत्या

मनोज पौडेल

कपिलवस्तु — शिवराज नगरपालिका–५, चन्द्रौटामा शनिबार राति एक महिलाको हत्या भएको छ ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५५ वर्षीया सुशीला खड्काको हत्या गरिएको हो । उनको टाउको र मुखमा इँटा र पत्थरको लोहोरा प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीले बताए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीसँगै भतिज तारणबहादुर खड्का बस्दै आएका थिए । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहँदा सुरुमा उनले स्वीकारेका थिएनन् । तर नेपालगन्जबाट तालिम प्राप्त कुकुर ल्याएर घटनास्थलमा लगेपछि कुकुरले पनि भतिज खड्कालाई नै संकेत गरेको थियो । त्यसपछि उनले अपराध स्वीकारेको प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीले बताए ।

प्रकाशित : मंसिर २८, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?