१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नवलपरासीको दुम्कीबासमा फेरि तनाव

नवीन पौडेल

नवलपुर — ट्र्याक्टर चालकको मृत्यु भएको विषयलाई लिएर पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा स्थानीयको विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बिहान प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेको र स्थानीय ८ जना युवालाई नियन्त्रणमा लिएको भन्दै स्थानीयले पुन: विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरीले बल प्रयोग गरेर पूर्व-पश्चिम राजमार्गको अवरोध हटाएको भए पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सरुवाको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि स्थानीय युवाले विरोध प्रदर्शन गरिरहेका छन् ।

बिहीबार राति स्थानीय विनय खोलामा बालुवा लिन गएको ट्र्याक्टर चालकको दुर्घटनामा मृत्यु भएको थियो । खोलामा लु ३ प ८१७५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दाङ राजपुर गाउँपालिका ४ का २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकास मल्लका अनुसार प्रहरी चौकीमा ढुंगामुडा प्रहार भएको र राजमार्गमा घण्टौंसम्म अवरोध भएपछि राममार्ग खुलाउन सामान्य बल प्रयोग गरिएको बताए । एसपी मल्लका अनुसार सरोकारवालाबीच घटनाको सम्बन्धमा छलफल भइरहेको छ ।

प्रकाशित : मंसिर २६, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?